काँग्रेस महामन्त्रीद्वय थापा र शर्मा निर्वाचन आयोग जाँदै
प्रकाशित मिति : 21 June, 2022 8:31 am
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मंगलबार आज निर्वाचन आयोगको कार्यालय जाने भएका छन् ।
विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था मिलाउन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको ध्यानाकर्षण गराउन आज बिहान ११ बजे आयोगको कार्यालय जान लागेको महामन्त्री शर्माले जानकारी दिए ।
विदेशमा बस्ने नागरिकको मताधिकार, मतदातामा नामावली दर्ता गर्दाको समस्या लगायतका विषयमा कुरा गरिने महामन्त्री शर्माले जानकारी दिए । उक्त विषयमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएको बताए ।
सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि कानुन निर्माण गर्न सरकारका नाममा परमादेश जारी गरिसकेको छ । तर आयोगले विदेशमा रहेका नेपालीलाई मतदान गर्ने प्रबन्ध मिलाउन सकेको छैन ।