विद्युतीय गाडी बनाउने कार्य अन्तिम चरणमा : महावीर पुन
काठमाडौं । पुराना पेट्रोलियम इन्धन इन्जिन गाडीलाई विद्युतीय गाडी बनाउने कार्य अन्तिम चरणमा पुगेको राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुनले बताएका छन् ।
विगत तीन वर्ष अघिदेखि पुराना गाडीहरुलाई इलेक्ट्रिक गाडीमा परिर्वतन गर्न लक्ष्य बोकेको तर कोभिडका कारण उक्त कार्यले गति लिन नसकेको संस्थापक पुनले जानकारी दिए ।
उनले भने, “देशमा पुराना सरकारी देखि निजी सवारी साधानहरु अधिकतम छन् । त्यसैले अब तिनीहरूलाइ प्रयोगमा ल्याउने विकल्प भनेकै विद्युतीयमा परिवर्तन गर्ने हो ।’’
पुराना गाडीको इन्जिन फालेर कभरलाई पेन्टिङ गरी ब्याट्री र मोटर फिट गरेर इलेक्ट्रिक बनाउन लागिएको हो पुनले बताए ।
पुनका अनुसार, सञ्चार माध्यमहरुले राष्ट्रिय आविष्कार केन्द्रले पुराना गाडी विद्युतीय गाडीमा परिवर्तन गरिसक्यो भनेर समाचार प्रकाशन गरिसकेका छन् तर त्यसमा कुनै पनि सत्यता नभएको र कोभिडका कारण यसमा ठूलो असर पारेको उनको भनाइ छ ।
“यदि नेपालमा विद्युतीय गाडीको अविष्कार गर्ने हो भने नेपालले अरु देशसँग पेट्रोलको लागि हात जोड्न पर्ने थिएन’’, पुनले भने । साथै आफूहरुले बनाउन लागेको चार पाङग्रे गाडी अबको तीन महिनापछि तयार हुने जानकारी दिएका छन् ।