ट्रेड टावरले साढे ११ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्दै
प्रकाशित मिति : 21 June, 2022 1:12 pm
काठमाडौं । ट्रेड टावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ११ लाख ५८ हजार ९ सय ८० कित्ता साधारण सेयर आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।
प्रभु क्यापिटल लिमिटेड र ट्रेड टावर लिमिटेडबीच एक सम्झौता भएको छ । सम्झौता अनुसार ट्रेड टावर लिमिटेडले सर्वसाधारणमा निष्कासन गर्न लागेको प्राथमिक सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको हो ।