११ मंसिर २०८१, मंगलबार

रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी

प्रकाशित मिति :  21 June, 2022 1:45 pm


काठमाडौं । टेलिभिजन कार्यक्रम छोडेर राजनीति यात्रा थालेका रवि लामिछानेले नयाँ पार्टीकाे घोषणा गरेका छन् । राष्ट्रिय सभामा आयोजित घोषणा सभा कार्यक्रममा लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर राजनीति यात्रा सुरु गर्ने बताएका छन् ।

आफ्नो पार्टी पुराना पार्टीभन्दा पृथक रहने दावी गर्दै लामिछानेले भने ‘पार्टीमा ५० प्रतिशतभन्दा बढी युवा सहभागिता अनिवार्य हुनेछ ।’

लामिछानेका अनुसार प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डा पार्टीले बोक्नेछ । ‘आफ्नो दलभित्रबाट छानिएपछि मात्रै प्रधानमन्त्रीको उम्मेदवार बन्न पाइनेछ’, उनले भने, ‘प्रधानमन्त्रीको उम्मेदवारी दिनेले मन्त्रिमण्डल नै घोषणा गरेर जान सक्नेछ ।’

लामिछानेले पार्टीको भ्रातृ संगठन नबनाउने पनि घोषणाा गरे । पार्टीमा कोही पनि कार्यकर्ता नहुने  र सबै सदस्य मात्र हुने उनले बताए । सदस्यले मत हाल्ने बाहेक पार्टीका लागि कुनै काम गर्नु नपर्ने उनले बताए ।

यो पार्टीमा रहेर आफ्नो क्षमता देखाउन सकिनँ भने जहाँ देख्यो त्यहाँ ढुंगाले हान्नुहोला लामिछानेले भने ‘क्षमता देखाउन नसके पार्टीमा र्‍याल सिँगान चुहाँउदै टाँस्सिएर बस्ने छैन ।’



प्रतिक्रिया दिनुहोस !