४ आश्विन २०८१, शुक्रबार

भोलिदेखि सबै नियमित उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको निर्णय

प्रकाशित मिति :  21 June, 2022 2:07 pm


काठमाडौं । वायुसेवा सञ्चालक संघले भोलिदेखि आन्तरिक तथा बाह्य सबै उडान बन्द गर्ने निर्णय गरेको छ ।
पर्यटनमन्त्री प्रेम आलेले निजी क्षेत्रविरुद्ध पूर्वाग्रही साँध्दै अव्यवहारिक निर्णय गरेको विरोधमा उडानहरू बन्द गर्ने निर्णय गरिएको संघले जनाएको छ ।
मन्त्री आलेले निजी क्षेत्रका विमानहरू बाहिरका एयरपोर्टमा पार्किङ गर्नुपर्नेलगायतका निर्णयको विरोधमा संघले उडान बन्द गर्ने भएको हो ।
संघका अनुसार ५ बुँदे माग सम्बोधन नभएसम्म अनिश्चितकालसम्म हवाइ उडान बन्द भएको हो। यद्यपि टिकट काटेको पैसा फिर्ता हुने संघले जनाएको छ।
संघका अध्यक्ष रामेश्वर थापाले वायुसेवामाथि इतिहासमै पहिलोपटक दमन सुरु भएकाले त्यसविरुद्ध आन्दोलनमा उत्रिनुपरेको बताए।
‘२४÷२५ वर्षमा धेरै कुरा सिक्दै आएका छौँ। अहिले नेपालको वायुसेवा अन्तर्राष्ट्रिय रूपमा पहिचान पाएको छ। नेपालको वायु सेवाले नाफाभन्दा सेवामा धायान दिएको छ’, अध्यक्ष थापाले भने, ‘यही वायुसेवामाथि इतिहासमै पहिलोपटक दमन सुरू भएको छ।’
विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्न संघले माग गरेको छ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने माग संघको छ ।



प्रतिक्रिया दिनुहोस !