नाडा अटो शोमा बनेली इम्पेरियल ४०० नेपाली बजारमा ल्याउने
प्रकाशित मिति : 21 June, 2022 4:28 pm
काठमाडौं । भदौमा हुने नाडा अटो शोको अवसरमा बेनेली इम्पेरियल ४०० नेपाली बजारमा सावर्जनिक गर्ने भएको छ ।
इम्पोरियल ४०० मा ३७४ सीसी इन्जिनले ५५०० आरपीएममा २०.६ पीएस पावर र ४५०० आरपीएममा २९ एनएम टर्क रहेको छ ।
उक्त बाइकमा ब्रेकको लागि अगाडि चक्कामा ३०० एमएमको डियुल पिस्टन क्यालिपर सहितको डिस्क ब्रेक दिइएको छ भने पछाडि २४० एसएसको सिंगल पिस्टन क्यालिपर सहितको डिस्क ब्रेक रहेको छ ।
त्यसैगरी इम्पोरियल ४०० को तौल २०५ किलो ग्राम रहेको छ भने १२ लिटरको इन्धन ट्यांकी, १६५ एमएम ग्राउन्ड क्लियरेन्स,रहेको छ । बेनेलीको नेपालका लागि आधिकारिक वितरक केटीएम इन्टरनेसनलले गर्दै आएको छ ।