सेयरबजारको गिरावटमा ब्रेक : ३७ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । सेयर बजारको लगातारको ओरालो यात्रामा ब्रेक लागेको छ । मंगलबार सेयरबजार दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३७.४९ अंकले बढेर १९२२.३० अंकमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि ८.१८ अंकले बढेर ३७४.३७ अंकमा पुगेको छ ।
नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह बढेको छ ।
मंगलबार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । टेलिकमको ११ करोड ५९ लाख ७३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
त्यस्तै आजको दिन आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज नबिल ब्यालेन्स फण्ड २ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य २.९३ प्रतिशतले घटेको छ ।
कूल २३१ वटा कम्पनीको ३७ लाख १२ हजार ७ सय ४६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब २३ करोड ८५ लाख १८ हजार २ सय १ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।