१० मंसिर २०८१, सोमबार

लामिछानेले घोषणा गरेको पार्टीको चुनाव चिन्ह ‘घन्टी’

प्रकाशित मिति :  21 June, 2022 4:31 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका रवि लामिछानेले चुनाव चिन्ह घन्टी प्रस्ताव गर्ने भएका छन् ।आज काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रमको आयोजना गरेर लामिछानेले आफूले नयाँ पार्टी खोलेको जानकारी दिएका हुन् ।

उनका अनुसार आजै पार्टी दर्ता गर्न जाने र पार्टीले निर्वाचन आयोगमा घण्टी चुनाव चिन्हको माग गर्नेछ ।

लामिछानेले निर्वाचन आयोगबाट फर्केर आजै पार्टीको बैठक बस्ने जानकारी दिए । पार्टी अगाडि बढाउन २१ सदस्यीय प्रारम्भिक कमिटी गठन गरिएको उनले बताएका छन् । पार्टीको कार्यालय काठमाडौंको बसुन्धरामा खोलिएको छ ।



प्रतिक्रिया दिनुहोस !