४ आश्विन २०८१, शुक्रबार

डिभिजन वन कार्यालय धादिङले निशुल्क बिरुवा वितरण गर्ने

प्रकाशित मिति :  22 June, 2022 11:57 am


काठमाडौँ । डिभिजन वन कार्यालय धादिङले वन्य जन्तु तथा सौन्दर्यमूलक बिरुवाहरु निशुल्क वितरण गर्ने भएको छ ।
धादिङ बेसींमा भएको कार्यलयले केन्द्रिय नर्सरीबाट असार १२ गते आइतबारदेखी वितरण गर्ने जनाएको छ ।

वृक्षारोपण गर्न इच्छुक व्यक्ति, फर्म, निजी वन कवुलियती तथा सामुदायिक वन समुह संघ संस्था, सरकारी कार्यालयहरु र अन्य समुहहरुले डिभिजन वन कार्यालय धादिङमा सम्र्पक गरी निवेदन दिन आग्रह गरेको छ ।

वनजन्य बिरुवामा चाँप, चिउरी, टाँकी, बकाईनो, खयर, तेजपात, कफी, अम्बा, कागती, अमला, रुख कटहर, बर्रो, राई खन्यु, मेन्दोला, बडहर, निमारो वितरण गर्ने जनाएको छ भने सौन्दर्यमूलक बिरुवाहरुमा म्याङगोस्टिक, कपुर, धुपी, कल्की फुल, करविर र निम जस्ता बिरुवा वितरण गर्ने वन कार्यालयले जनाएको छ ।

वन कार्यलयले व्यक्तिका लागि सबै प्रजातिका बिरुवाहरु मिलाएर २५ वटा गोटा वितरण गर्ने उल्लेख गरेको छ । संस्था र सरकारी कार्यालयको लागी १०० वटा गोटा , व्यवसायिक फर्महरुका लागि १५० र कवुलियती र सामुदायिक वनहरुको लागि २५० वटा गोटा विरुबा वितरण गर्ने जनाएको छ ।

कार्यलयका अनुसार व्यक्तिका लागि निवेदन, संस्था र सरकारी कार्यालयको लागि सम्बन्धित कार्यालयको निवेदन, व्यवसायिक फर्महरुले निवेदन र दर्ता प्रमाण पत्र र कवुलियती र सामुदायिक वनहरुले समुहको निवेदन पेश गरे पछि बिरुवा पाइने छ ।



प्रतिक्रिया दिनुहोस !