५ आश्विन २०८१, शनिबार

प्रदेश नम्बर १ मा कृषि क्षेत्रमा कर्जा प्रवाह बढ्याे

प्रकाशित मिति :  22 June, 2022 3:25 pm


काठमाडौं । प्रदेशन नम्बर १ मा कृषि क्षेत्रमा कर्जा प्रवाह बढेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (प्रदेश नं.– १) प्रथम अर्ध–वार्षिक प्रतिवेदन (आ.व.२०७८/७९) अनुसार २०७८ असार मसान्तको तुलनामा २०७८ पुष मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रदेश नं. १ को कृषि क्षेत्रमा प्रवाहित कर्जा १२.६ प्रतिशतले वृद्धि भई रु.५२ अर्ब ११ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा २३.३ प्रतिशतले बढेको थियो ।

२०७८ असार मसान्तसम्म यस क्षेत्रमा प्रवाह भएको कुल कर्जा रु.४६ अर्ब २९ करोड रहेको थियो । समीक्षा अवधिमा कुल कर्जा प्रवाहमा कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश ९.६ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । २०७८ असार मसान्तमा यस्तो कर्जाको अंश ९.८ प्रतिशत रहेको थियो ।

२०७८ पुस मसान्तसम्म कृषि कर्जाका विभिन्न शीर्षकहरूमा प्रवाहित कर्जा मध्ये अन्य कृषि तथा कृषिजन्य सेवामा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी २९.६ प्रतिशत रहेको छ ।

यसैगरी, समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रसँग सम्बन्धित शीर्षकहरूमा जिल्लागतरुपमा प्रवाहित कर्जामध्ये मोरङ जिल्लामा सबैभन्दा बढी ३२.३ प्रतिशत र ताप्लेजुङ्ग जिल्लामा सबैभन्दा कम १.२ प्रतिशत रहेको छ ।



प्रतिक्रिया दिनुहोस !