५ आश्विन २०८१, शनिबार

‘कफी उत्पादन बढाउन निजी क्षेत्रको सहयोग चाहिन्छ’

प्रकाशित मिति :  22 June, 2022 7:28 pm


काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.गणेश प्रसाद पाण्डेले नेपालको चिनी र कफी विश्वको नम्बर १ भएको बताएका छन् । नेपाल व्यापार तथा निकासी केन्द्रले कफी निर्यातको लागि बनाएको पोर्टल उद्घाटन कार्यक्रममा पाण्डेले नेपालको हिमालयमा उत्पादन हुने कफी विश्वको १ नम्बरमा पर्ने बताएका हुन् । युरोपमा र अमेरिकामा कफी निर्यात गर्नको लागि सरकारले कफी गाइड, क्वालिटी फर ट्रेड प्लेटफर्म र मार्केट एक्सेस म्याप पोर्टलको उद्घाटन गरेको छ ।

सरकारले गरेरमात्र कफी निर्यात गर्न नसकिने भन्दै निजी क्षेत्र पनि कफी उत्पादन तर्फ लाग्नुपर्ने बताए । उनले भने,“नेपालको कफी गुणस्तरिय हुने भएकाले विश्वमा माग छ त्यसको लागि नेपालमा उत्पादन बढाउनुपर्छ । निजी क्षेत्र र ठुला व्यवसायी यसमा लागे सम्भव छ ।”

मन्त्रालयका सहसचिव गोविन्द बहादुर कार्कीले कफीको उत्पादन, बजारीकरण र गुणस्तरमा ध्यान दिनुपर्ने बताए । उनले कफिको निर्यात गर्नको लागि गाइड तयार भएको अब च्याङ्ग्रा र पस्मिना कसरी गर्न सकिन्छ भनेर कार्यविधि चाँडै आउने बताएका छन् ।

नेपाल व्यापार तथा निकासी केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणाले व्यापार घाटा कम गर्नको लागि केहि समय अघि देखि सुरु गरेको भएपनि अहिले लञ्च गरेको बताए । उनले भने,“हिजो अन्तर्राष्ट्रिय व्यापार केन्द्रको पोर्टल प्रयोग गरेपनि आज आप्mनै टिइपिसी पोर्टलमा पाउने भएका छौं ।”

कफीको बारेमा नेपालीलाई कम थाहा भएकोले यसको उत्पादनका कसैले ध्यान नदिएको उनले बताए । यो पोर्टलले कफी निर्यात गर्नको लागि गाइड गर्ने बताएका छन् । उनले व्यापारी र ठुला कृषकहरुलाई कफी उत्पादनमा लाग्न आग्रह गरेका छन् । “नेपालको कफी विश्वमा माग छ । हामीले हामीलाई धान्न सक्ने पनि उत्पादन गर्न सकेका छैनांै । यसको उत्पादन बढाएर निर्यात गर्नुपछर्”, उनले भने ।

पोर्टलमा भएको मार्केट एक्सेस म्यापको सुविधाले नेपाली उद्योगी, व्यापार, निर्यातकर्तालाई व्यापारसँग जोड्ने र तथ्याङ्क पाउनको लागि एकद्वार सूचना केन्द्रको रूपमा काम गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !