१० मंसिर २०८१, सोमबार

पर सोलु हाइड्रोले आइपीओ निष्काशन गर्ने

प्रकाशित मिति :  23 June, 2022 1:48 pm


अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले साधारण सेयर आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले असार २० गतेदेखि असार २३ गतेसम्म साधारण शेयर (आईपीओ) निष्काशन खुला गर्ने भएको छ । कम्पनीले १९ लाख ५७ हजार ५ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

कूल निष्काशन मध्ये ३९ हजार १ सय ५० कित्ता कर्मचारीको लागि र ९७ हजार ८ सय ७५ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको १८ लाख २० हजार ४ सय ७५ कित्ता आईपीओ लागि सर्बसाधारणको लागि बिक्री गर्न लागेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १ लाख ८२ हजार ४२ जनाले १०(१० कित्ता र ५ जनाले ११(११ कित्ता पाउने छन् । आईपीओमा १५.२० लाखको आवेदन पर्ने भएकाले उक्त कम्पनीको आईपीओमा समेत बढीमा ११ कित्ताको लागि मात्रै आवेदन दिनु उपयुक्त देखिन्छ ।

यसअघि आयोजना प्रभावित स्थानीयवासीलाई शेयर बिक्री गरिसकेको कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ भने २।८ मेगावाटको सिसा खोला ए आयोजना निर्माण गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !