८ मंसिर २०८१, शनिबार

हर्षउल्लासका साथ धान रोपेर मनाइयो १९ औँ धान दिवस

प्रकाशित मिति :  23 June, 2022 11:09 pm


काठमाडौ । माटो तथा रैथाने बालि जोगाउन विभिन्न अभियान चलाइरहेको अभियानकर्मी, खाद्यका लागि कृषि अभियान तथा सम्बद्ध संस्थाहरुको संयुक्त आयोजनामा १९ औँ धान दिवस मनाइएको छ ।

विषादी तथा रासायनिक मलको प्रयोग नगरी बनाइएको रोपोमा धान रोपर हर्षउल्लासका साथ धान दिवस मनाइएको हो ।

काठमाडौको तारकेश्वर नगरपालिका, काभ्रेस्थलीमा समग्र खेतिपाती र सबै खाद्य बालिको महत्त्व, वर्तमान कृषिको अवस्था, कृषिमा पर्यावरण, माटोको महत्त्वका बारेमा विमर्श गर्दै खेतीपाती उत्सव मनाइएको हो ।

कार्यक्रममा सहभागी अभियन्ताले ‘विष फलाउन पाइदैन, रसायन विषदी चाहिदैँन’, ‘सम्पूर्ण खेतीपातीको उत्सव मनाऔँ’ लगायतका सचेतना जगाउने प्लेकार्ड बोकेका थिए ।

हाम्रो नीति र अहिलेको कृषिले धानलाई मात्र भाले बनाउदा धान जत्तिको अन्य वाली महत्त्वपूर्ण छैनन् जस्तो भ्रम पैदा हुँदा अन्य कृषिजन्य उत्पादन छायाँमा परेको खाद्यका लागि कृषिका अभियानका संयोजक उद्धव अधिकारीले बताए ।

“हाम्रा सम्पुर्ण खाद्यन्न बालिका प्रजातिहरुको महत्व समान रहेको छ । माटो सहित सम्पुर्ण रैथाने बालिको पनि जगेर्णा गरौ,” संयोजक अधिकारीले भने, “सन्दर्भ धान दिवस भएतापनी हामिले समपुर्ण खाद्यान्नबालीको खेतिको उत्सव मनाउनु पर्छ ।”



प्रतिक्रिया दिनुहोस !