५ आश्विन २०८१, शनिबार

नष्ट गरियो भारतबाट अवैध भित्रिएका फलफूलका बिरुवा

प्रकाशित मिति :  23 June, 2022 11:25 pm


काठमाडौं । भारतबाट नेपाल भित्रिएको एक ट्रक अवैध फलफूलको बिरुवा नष्ट गरिएको छ ।

हजारौँको सङ्ख्यामा फलफूलका बिरुवा तथा माटोसहित विभिन्न प्रजातिको आलङ्कारिक बिरुवाहरू ललितपुरको बालकुमारीमा बिक्री वितरण गरिएको पाइएपछि नष्ट गरिएको प्लान्ट क्वारेनटिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत महेशचन्द्र आचार्यले बताए ।

वरिष्ठ बाली संरक्षण अधिकृत आचार्यका अनुसार ४ हजार ६ सय ७५ विभिन्न फलफूलका बिरुवा नष्ट गरिएको छ । जसमा कागती, विडिङ हार्ट, आँप, वगमवेली, लिची लगायत विभिन्न जातका फलफूलका बिरुवा रहेका छन् ।

बिरुवा संरक्षण नियमावली २०६६ को नियम ५ उपनियम ३ बमोजिम प्रवेश अनुमतिमत्र पत्र लिएको हुनुपर्ने व्यवस्था छ ।

यता बिरुवा संरक्षण ऐन २०६४ को दफा ३२ मा उल्लेख गरिए बमोजिम नेपाल भित्र प्रवेश गर्ने बिरुवा वा बिरुवाजन्य उपज, बायोलोजिकल कन्ट्रोल एजेन्ट, लाभदायक कीरा, अन्य वस्तु, बिरुवा हुर्कने माध्यमहरू क्वारेनटाइन कार्यालयबाट अनुमति पत्र प्राप्त भएपछि मात्र आयात गर्न सकिन्छ ।

यता बिरुवाहरू माटोसहित रहेको तथा बिरुवा स्वस्थताको कुनै पनि प्रमाण नरहेकोले बिरुवा रोपण गर्दा समग्र बिरुवा स्वास्थ्य तथा जैविक सुरक्षामा गम्भीर प्रभाव पार्न सक्ने भएकोले नष्ट गरिएकोहो । बिरुवाहरू महानगरीय प्रहरी परिसर जावलाखेलमा असार ७ गते नै नियन्त्रणमा लिइएको थियो ।

नेपाल फ्लोरी कल्चर एशोसिएशनका अध्यक्ष मीन बहादुर तामाङले भारतबाट अवैध रूपमा फलफूलका बिरुवा आयात हुँदा नेपाली किसान मर्कामा पर्ने गरेको बताए । नेपाली किसानले उत्पादन गरेको बिरुवाले बजार नपाइरहेकाे अवस्थामा अवैध धन्दा माैलाउदा किसान थप संकटमा पर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !