ललितपुर महानगरका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप
काठमाडौं । ललितपुर महानगरपालिकाले आजदेखि ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइँदै छ ।
महानगरपालिकाले एक सूचना जारी गर्दै असार १० गतेदेखि १५ गतेसम्म विद्यालय वा वडास्थित स्वास्थ्य संस्थामा ११ बजेदेखि ४ बजेसम्म खोप कार्यक्रम सन्चालन हुने जानकारी दिएकाे छ । जारी सुचना अनुसार शनिबार बाहेक अन्य दिनमा खाेप संचालन हुनेछ ।
आज असार १० गते वडा नम्बर १, २ र ३ का बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोप दिइने ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए ।
असार १२ गते वडा नम्बर ४, ५, ६ र ७ मा, असार १३ गते वडा नम्बर ८, ९, १०, ११, १२, १३ र १४ मा खोप कार्यक्रम संचालन हुने छ । असार १४ गते वडा नम्बर १५, १६, १७, १८, १९, २०, २१ मा र अन्तिम दिन असार १५ गते वडा नम्बर २२, २३, २४, २५, २६, २७, २८ र २९ वडामा खोप कार्यक्रम संचालन हुनेछ ।