हकप्रद सेयर जारी गर्न ङादी ग्रुप पावरले पायो अनुमति
काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनको लागि अनुमति पाएको छ । कम्पनीले १५० प्रतिशत हकप्रद सेयर निष्कशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
बोर्डको असार ९ गते बसेको बैठकले ङादी ग्रुपलाई १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अनुमति दिएको हो ।
सेबोनले अनुमति दिएसँगै अब ङादी ग्रुप पावरले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ ।
कम्पनीको साधारण सभाले लाभांश वितरण गरेपश्चात कायम हुन आउने चुक्ता पूँजीको १ः२ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरे पनि बिद्युत नियमन आयोगले भने १५० प्रतिशत हकप्रद निष्काशनको मात्र अनुमति दिएको हो ।
कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्ने छ ।
ङादी ग्रुप पावर लिमिटेड कम्पनीले लमजुङ्ग जिल्ला स्थित सिउरी खोलामा ५ मेगावाट क्षमताको सिउरीखोला जलविद्युत आयोजनाको निर्माण पुरा गरी व्यावसायीक उत्पादन गरी रहेको छ।