१० मंसिर २०८१, सोमबार

शुक्रबार सेयरबजार १३ अंकले बढ्यो

प्रकाशित मिति :  24 June, 2022 3:11 pm


काठमाडौं । हिजो भारी अंकले घटेको सेयरबजारले आज भने केही राहत महशुस गराएको छ । शुक्रबार २ घण्टा कारोबार हुँदा बजार १३ अंकले बढेको छ ।

पुँजीबजारको विकास र सुधारको लागि १९ बुँदे माग राख्दै आमरण अनसन बसेका लगानीकर्ता तिलक कोइरालाले आज अनशन तोडेका छन् ।

कोइरालासँग नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले १९ बुँदे माग पूरा गर्ने प्रतिबद्धता गरेपछि कोइरालाले अनशन तोडेका हुन् ।

उक्त सहमतिसँगै अब केही होला बजार अब सकरात्मक बन्ने आशा लगानीकर्ताले गरेको हुनाले यसको प्रभाव बजारमा देखिएको सेयरबजारका विज्ञहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (शुक्रबार) सेयर कारोबार मापक नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ अंकमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि २.८१ अंकले बढेर ३६४.९० अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ ।

शुक्रबार कुमारी बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ८ करोड ६३ लाख १२ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

शुक्रबार न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । भने आँधिखोला लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ७.८८ प्रतिशतले घटेको छ ।

कूल २२३ वटा कम्पनीको ३५ लाख ४१ हजार ५ सय ३७ कित्ता सेयर किनबेच हुँदा एक अर्ब १५ करोड १२ लाख ८ हजार ३१ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !