५ आश्विन २०८१, शनिबार

नेपाल डेरी एसोसिएशनको अध्यक्षमा प्रल्हाद दाहाल

प्रकाशित मिति :  25 June, 2022 3:59 pm


काठमाडौं । नेपाल डेरी एसोसिएशनको अध्यक्षमा प्रल्हाद दाहाल चयन भएका छन् । हटौंडामा भएको एसोसिएशनको २२ औं वार्षिक साधारण सभा एवं ८ औं राष्ट्रिय महाधिवेशनबाट दाहाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

दाहालले एसोसिएशनमा एक कार्यकाल केन्द्रीय सदस्य, तीन कार्यकाल महासचिव र एक कार्यकाल उपाध्यक्ष भएर संगठनको नेतृत्व गरिसकेका थिए । हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर,काभ्रेका सञ्चालक समेत रहेका दाहाल राष्ट्रिय दुग्ध विकास बोर्डको सदस्य रहिसकेका छन् ।

दाहाल एसोसिएशनको महासचिव र बागमती प्रदेश दुग्ध विकास बोर्डका सदस्य हुन् ।



प्रतिक्रिया दिनुहोस !