११ मंसिर २०८१, मंगलबार

यी प्रदेशमा भारी बर्षाको सम्भावना

प्रकाशित मिति :  26 June, 2022 7:46 am


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । महाशाखाका अनुसार देशभरका पहाडी भू-भागका धेरै स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेश, कर्णाली तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यस्तै आज राति देशभर सामान्य देखि पुर्ण बदली रहने महाशाखाले जनाएको छ । प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !