नागरिक लगानीकोषद्वारा ३० प्रतिशत लाभांश घोषणा
प्रकाशित मिति : 26 June, 2022 12:21 pm
काठमाडौं । नागरिक लगानी कोषले लाभाशं वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो ।
शनिवार बसेको कोष सञ्चालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश दिने गरी प्रस्ताव अगाडि बढाउने निर्णय गरेको छ ।
अर्थमन्त्रालयको स्वीकृति र कोषको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि प्रस्तावित लाभांश वितरण हुनेछ ।
हाल कोषको चुक्तापूँजी ३ अर्ब २७ करोड रुपैयाँ रहेको छ । ३० प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी ४ अर्ब २५ करोड पुग्नेछ ।