१० मंसिर २०८१, सोमबार

कुश्मा नगरपालिकाको बजेट ८९ करोड ९० लाख

प्रकाशित मिति :  26 June, 2022 2:47 pm


काठमाडौं । पर्वत जिल्लाको कुश्मा नगरपालिकामा आर्थिक वर्ष २०७९/८० का लागि ८९ करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत भएको छ ।

कुश्मा नगरपालिकाकी उपमेयर स्वस्थानी रिजालले प्रस्तुत गरेको बजेटमा चालु तर्फ ५५ करोड १९ लाख र पूँजीगत खर्च तर्फ एकमुष्ठ ३४ करोड ७१ लाख रुपैयाँ बिनियोजन गरिएको बताइन् ।

चालु तर्फ ६१.४० प्रतिशत र पुँजीगत ३८.६० प्रतिशत विनियोजन भएको छ । कुल विनियोजन मध्ये कार्यालय सञ्चालन तथ प्रशासनिक खर्च तर्फ १७ करोड ५५ लाख विनियोजन गरिएको बताइन्।

वडागत योजना तथा कार्यक्रम तर्फ ५ करोड १० लाख आर्थिक विकास तर्फ २ करोड ४० लाख, सामाजिक विकास तर्फ ३ करोड ६१ लाख १० हजार, संस्थागत सेवा प्रवाह तथा सुशासन तर्फ ८० लाख, वन वातावरण विपद तथा फोहोरमैला व्यवस्थापन तर्फ १ करोड ७५ लाख विनियोजन गरिएको छ ।

त्यस्तै समपुरक कोष तर्फ ३ करोड २५ लाख ५० हजार, मर्मत सम्भार कोष तर्फ २० लाख, भैपरी र आकस्मिक रुपमा नगर कार्यपालिकाको कार्यालयको निर्णय वमोजिम सञ्चालन गर्नुपर्ने योजना तथा कार्यक्रमका लागि १ करोड र संघीय तथा प्रदेश सरकारवाट तोकिए वमोजिम खर्च हुने योजना तथा कार्यक्रमक लागि ५४ करोड २३ लाख ४० हजार विनियोजन गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस !