१० मंसिर २०८१, सोमबार

नेप्सेमा ९४ अंकको उछाल, कारोबार रकम पनि २ अर्ब नाघ्यो

प्रकाशित मिति :  26 June, 2022 3:54 pm


काठमाडौं । निरन्तररुपमा घटेको सेयरबजारमा सेयरबजारमा आज भने उछाल आएको छ । आइतबार नेप्से परिसूचक ९४ अंकले बढेको छ भने कारोबार रकम दुई अर्ब माथी पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ९४.९२ अंकले बढेर १९५६.९८ अंकमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक पनि १७.९३ अंकले बढेर ३८२.८४ अंकमा पुगेको छ ।

नेप्समा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ ।

आइतबार कारोबार रकमका आधारमा कुमार बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ८ करोड ६४ लाख ३८ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज कुल २१ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा अधिकांश हाइड्रोपावर र फाइनान्स कम्पनी रहेका छन् ।

आज कुल २१ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा अधिकांश हाइड्रोपावर र फाइनान्स कम्पनी रहेका छन् ।

यस दिन जम्मा ५ वटा कम्पनीको सेयरमूल्य घटेको छ । तीमध्ये ४ वटा डिबेञ्चर र एउटा म्युचुअल फण्ड रहेको छ ।

कूल २३० वटा कम्पनीको ६३ लाख ६३ हजार ५ सय ९० कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८ सय ४९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !