आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो बालकिरण जीवन बीमा योजना
प्रकाशित मिति : 26 June, 2022 4:25 pm
काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बालकिरण जीवन बीमा योजना ल्याएको छ ।
बच्चाको जन्म लगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिकालागि अधिकतम जोखिम रक्षावरण सहित चौथोबर्षदेखि नै प्रत्येक बर्ष बीमा रकम फिर्ता हुँदै आउने कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले प्रत्येक बर्ष फिर्ता हुने रकमले अभिभावकहरुलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने बताए ।
उक्त योजना खासगरी अभिभावक तथा नव अभिभावकहरुको लागि अत्यन्त उपयुक्त र सहज हुने कम्पनीले जनाएको छ । यस बीमा योजनामा आफ्नो आवश्यकता अनुसारको बीमा अवधि छनौट गर्न सकिने, दुर्घटना तथा बीरामीको थप जोखिम वहन हुने तथा एउटै बीमामा दोहोरो जीवनको बीमा हुने फुयाँलले जानकारी दिए ।