१० मंसिर २०८१, सोमबार

काठमाडौं उपत्यकाका ९ ठाँउमा देखियो हैजा

प्रकाशित मिति :  26 June, 2022 6:15 pm


काठमाडौं उपत्यकामा हालसम्म नौ स्थानमा १२ जना बिरामीमा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म १२ जनामा हैजा पुष्टि भएको जनाएको छ ।

पछिल्लो समय नैकापका बिरामीको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चरल रिपोर्ट पनि पोजेटिभ देखिएको छ ।

हैजा आशंका गरिएका पाटनका एक जना बिरामीको कल्चर रिर्पोट आउन बाँकी छ । महाशाखाका अनुसार, बागबजार, डिल्लीबजार, कपन, बालाजु, सानेपा र नैकप, बल्खु र थानकोट हैजा देखिएको छ ।

जनस्वास्थ्यविदहरुका अनुसार धेरै स्थानमा हैजाकाे संक्रमण देखिनु महामारीका रुपमा फैलिने संकेत भएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !