११ मंसिर २०८१, मंगलबार

मन्त्री झाक्रीले भावुक हुँदै दिइन् राजीनामा

प्रकाशित मिति :  26 June, 2022 6:48 pm


काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाक्रीले राजीनामा दिएकी छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले राजीनामा दिएकाे जानकारी गराएकी हुन्।

बालुवाटारमा पुगेर प्रधानमन्त्री शेर बहादुर देउवालाइ राजिनामा बुझाएपछि उनले पत्रकार सम्मेलन गरेकी हुन । नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि उनले राजीनामा दिएकी हुन्।

मन्त्रालयमा भएको उपलब्धीबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेकी उनी भावुक बन्दै आँसु समेत झारेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !