४ आश्विन २०८१, शुक्रबार

सेञ्चुरी बैंकले ल्यायो बचत खातामा उच्च ब्याज पाइने ‘सेञ्चुरी हाईब्रिड’ बचत खाता

प्रकाशित मिति :  26 June, 2022 7:00 pm


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी हाईब्रिड बचत खाता संचालनमा ल्याएको छ । ‘बचत गर्ने गज्जवको काइदा, एकै खातामा दुई खाले फाइदा’ नारा दिइएको उक्त खातामा ग्राहकहरुले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

न्यूनतम रु. १ लाखमा खोल्न सकिने खातामा बैंकले ग्राहकहरुलाई भिषा डेबिट कार्ड, ईन्टरनेट बैंकिंग सेवा, मोबाइल बैंकिंग, डिम्याट र मेरो शेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराउने जनाइएको छ । दैनिक मौज्दातमा ब्याज गणना गर्ने जनाएपनि कति प्रतिशत ब्याज दिने भन्नेबारे बैंकले खुलाएको छैन् । बैंकले खातामा रहेको रकमको ब्याज मासिक रुपमा भुक्तानी गर्ने जनाएको छ ।

बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिने यस खातामा सेवाहरु विना कुनै शर्त खाता संचालन भएसम्म निःशुल्क उपलब्ध गराएको बैंकले जानकारी दिएको छ ।

सेञ्चुरी बैंकले आफ्ना १४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !