९ कार्तिक २०८१, शुक्रबार

मौसमले हवाई उडान प्रभावित, पाँच विमानस्थलमा उडान ठप्प

प्रकाशित मिति :  28 June, 2022 8:54 am


काठमाडाैं। प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । वर्षाक कारण नेपालभरका कम्तिमा पाँच विमानस्थलमा हवाइ सेवा ठप्प भएकाे छ ।

भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ । काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश नं १ लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी प्रदेशमा आँशिक देखि सामान्य बदली रहेको छ।

कर्णाली र मधेस प्रदेशका एक दुई स्थानमा र बाँकी प्रदेशका केहि स्थानमा मेघगर्जन चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदुर पश्चिम प्रदेश का एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !