ललितपुर महानगरमा बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाउने कार्यक्रम स्थगित
प्रकाशित मिति : 28 June, 2022 10:25 am
काठमाडौं । ललितपुर महानगरपालिकाले बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने कार्यक्रम स्थगित गरेको छ ।
महानगरले सोमबार सूचना जारी गर्दै आवश्यक मात्रामा खोप उपलब्ध नभएका कारण २०७९ असार १४ गते देखि खोप लगाउने कार्यकम अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको जानकारी दिएको हो ।
सरकारबाट खोपको सुनिश्चितता हुनासाथ सूचना प्रकाशित गरी कार्यकम यथाशिघ्र संचालन गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिएका छन् ।
ललितपुर महानगरले असार १० गतेदेखि शनिवार बाहेक असार १५ गते सम्म ५ वर्ष पुरा भई १२ वर्ष मुनिका बालवालिकाहरुलाई पहिलो मात्रा कोभिड १९ विरुद्धको फाइजर खोप लगाउने कार्यक्रम तय गरेको थियो ।