नेपाल एसबीआई बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै
काठमाडौं । नेपाल एसबीआई बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले २२ गतेदेखि ३० लाख इकाई भएको ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।
बैंकले १ हजार अंकित दरका कुल ३० लाख इकाइ भएको ‘नेपाल एसबीआई ऋणपत्र–२०८३’ निष्कासन गर्न लागेको हो ।
यो ऋणपत्रको कुल इकाइमध्ये १८ लाख इकाइ बैंकले व्यक्तिगत तरबबाट बिक्री गर्नेछ । बाँकी १२ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
बैंकले उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
बैंकको यो ५ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउनेछन्।
यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सकिने। सीडीएससीको ‘मेरो सेयर’मार्फत आवेदन पनि दिन सकिनेछ।
लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतममा १२ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्।
यो ऋणपत्रको निष्कासन बन्द छिटोमा २६ गते हुनेछ। यो अवधिसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा साउन ४ गतेसम्म बिक्री खुला गरिनेछ।