१० मंसिर २०८१, सोमबार

नेप्से ११ अंकले घट्दा खुम्चियो कारोबार रकम

प्रकाशित मिति :  28 June, 2022 4:18 pm


काठमाडौं । सेयरबजारको ओरालो यात्राले आजपनि निरन्तरता पाएको छ । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ भने कारोबार रकम पनि खुम्चिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ११.८२ अंकले घटेर १९२१.३१ अंकमा झरेको छ यस्तै, सेन्सेटिभ परिसूचक पनि ३.२२ अंकले घटेर ३७२.६० अंकमा झरेको छ ।

नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये २ वटा उपसमुहको सेयर बढेको छ भने बाँकी ११ वटा उपसमुहको सेयर घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।

कम्पनीको ७ करोड ३१ लाख ३३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताले आज सबैभन्दा धेरै गुमाएका छन् उक्त फण्डको मूल्य ५.७३ प्रतिशतले घटेको छ ।

कूल २३० वटा कम्पनीको ३० लाख ३७ हजार ६ सय ३० कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५ करोड ८२ लाख ४६ हजार ४ सय ७२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !