१० मंसिर २०८१, सोमबार

बामदेव गौतमले खोले नयाँ पार्टी, केन्द्रीय सदस्यमा ७५ जना

प्रकाशित मिति :  28 June, 2022 4:49 pm


काठमाठौं । बामदेव गौतमले नयाँ पार्टी खोलेको घोषणा गरेका छन् । गौतमले मंगलबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक पार्टी नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान खोलेका घोषणा गरेका हुन् ।

उक्त पार्टीको पार्टीको संयोजकमा गौतम बसेका छन् भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् । त्यसमध्‍ये यो पार्टी समन्वय समितिको रुपमा रहँदासम्‍म केन्द्रीय सचिवालयमा ८ सदस्यहरु रहने छन्।

पार्टीमा एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्जको जिम्मेवारी बहन गर्ने गरी सात उपाध्यक्ष, संगठनात्मक कामको मुख्य जिम्मेवारी पूरा गर्नेगरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने छन्।

एकीकरणको भूमिका निर्वाह गर्दासम्म पार्टीको सम्पूर्ण ढाँचा समन्वय समितिका रुपमा रहने विज्ञप्तिमा उल्लेख छ। समन्वय समितिका रुपमा रहँदासम्म केन्द्रीय सचिवालयमा आठ जना रहने भनिएको छ।

पार्टीको संयोजकमा बामदेव गौतम, सचिवमा डीबी कार्की र सदस्‍यहरुमा ओमशर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् । पार्टीले संयोजक र सचिव बाहेक सबैजना सदस्‍यको रुपमा रहने जनाएको छ ।

नेकपा विभाजन पश्चात् छुट्टै अभियानमा रहेका गौतमले आफू पक्षधरको भेला गर्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस !