१० मंसिर २०८१, सोमबार

हकप्रद सेयर जारी गर्न बरुण हाइड्रोपावरले पायो बोर्डबाट अनुमति

प्रकाशित मिति :  29 June, 2022 12:51 pm


काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्नका लागि अनुमति प्राप्त गरेको छ । कम्पनीले चुक्ता पुँजीको १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १०० प्रतिशत अर्थात् १ः१ को अनुपातमा २६ करोड ७९ लाख ७ हजार ५ सय रूपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्कासन गर्न जेठ ११ गते सेबोनमा निवेदन दिएको थियो । बोर्डले आज (असार १५ गते, बुधबार) हकप्रद निष्कासन गर्ने अनुमति प्रदान गरेको हो ।

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !