३ आश्विन २०८१, बिहिबार

खाद्यान्न अभाव हुन नदिने प्यूठान नगरपालिकाको प्रतिबद्धता,सहज बनाउन समिति गठन

प्रकाशित मिति :  26 March, 2020 5:23 pm


प्यूठान, १३ चैत ।

प्यूठान नगरपालिकाले लकडाउनको समयमा नगरवासीलाई खाद्यन्नको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ । खाद्यन्न अभाव भए तुरुन्त जानकारी दिन नगरपालिकाले आग्रह समेत गरेको छ ।

खाद्यान्न आपूर्ति सहज बनाउन नगर उपप्रमुख शान्ता आचार्यको अध्यक्षतामा दशवटै वडाका वडाअध्यक्ष तथा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सहभागी समिति समेत गठन गरेको नगरपालिकाका सूचना अधिकारी आशिष पोख्रेलले जानकारी दिए ।

सूचना अधिकारी पोख्रेलका अनुसार नगरपालिका भित्रका १० वटै वडा अध्यक्षले आफ्ना वडावासीसँग समन्वय गरी खाद्यान्न पुराउने छन् । नगरपालिकाले नगरवासीलाई बजारमा ननिस्कन आग्रह समेत गरेको छ । नगरक्षेत्रका १० वटै वडामा पुगेर बाहिरबाट आएकाको लगत सङ्कलन तथा कोभिड १९ को रोकथामका सन्देश प्रवाह गरिरहेको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए । नगरपालिकाले कोरोना भाइरसको सम्भावित जोखिम अन्त्य गर्न क्वारेन्टाइन बुधबारदेखि सञ्चालनमा ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस !