४ आश्विन २०८१, शुक्रबार

सरकारसँग ४ हजार विद्युतीय चुल्लो मौजदात

प्रकाशित मिति :  26 March, 2020 6:31 pm


काठमाण्डौं, १३ चैत । सरकारले ग्याँसको खपत काम गर्न र विद्युतीय चुल्हो प्रयोगमा प्रोत्साहन गर्न विद्युत महसूलमा २० प्रतिशत छुट दिने निर्णय गरेपछि यसमा धेरैको चासो बढेको छ ।

नाकाबन्दीका बेला चर्चामा आएको विद्युतीय चुल्हो प्रयोगको चर्चा फेरी सुरु भएको छ । बजारमा ग्याँस आपूर्ति सहज नबन्नु र प्रयाप्त मौज्दात भएपनि लिन जान समस्या हुँन थालेपछि विद्युतीय चुल्होको प्रयोगलाई सरकारले प्रर्वद्धनको नीति लिएको छ । यससँगै उनले इन्डक्सन लिने ठाँउ र सम्पर्क व्यक्तिबारे समेत जानकारी गराएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उर्जामन्त्री बर्षमान पुनले सम्पर्क गर्ने ठाँउ र व्यक्तिबारे जानकारी गराएका हुन् । उनका अनुसार अहिले बाणिज्य मन्त्रालयले ४ हजार थान विद्युतीय चुल्हो विक्रिमा राखेको छ । र, धान गोदाम खाद्य व्यवस्था तथा ब्यापार कम्पनी थापाथली काठमाण्डौंमा सम्पर्क गर्न सकिने छ । सम्पर्कका लागि रणबहादुर बुढाथोकीलाई तोकिएको छ । पहिले सचिव बैकुण्ठ अर्याललाई जिम्मेवारी दिएपनि झण्डै ४ घण्टापछि बुढाथोकीलाई विद्युतीय चुल्होका लागि सम्पर्क व्यक्तिका रुपमा तोकिएको मन्त्री पुनले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !