११ मंसिर २०८१, मंगलबार

केएमसी स्कुलमा कार्यरत कर्मचारी मृत फेला

प्रकाशित मिति :  3 July, 2022 8:30 am


सांकेतिक तस्विर

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत एक जना कर्मचारी मृत फेला परेकी छन् ।

काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलको छेउमा झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

स्कुलको क्यानटिनमा काम गर्ने रायमाझीको शव शनिबार बेलुका छात्रावास नजिकै झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

रायमाझी डेढ वर्षदेखि केएमसी स्कुलको क्यान्टिनमा काम गर्दै आएकी थिइन् । उनको हत्या भएको आशंका गर्दै आफन्तले शव उठाउन दिएका छैनन् । काठमाडौं प्रहरी परिसरका एसपी मैनालीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !