१२ मंसिर २०८१, बुधबार

नार्क र कृषि विश्वविद्यालयबीच सम्झौता: कृषि विकासको बाटोमा हातेमालो गरि अघि बढ्ने समझदारी

प्रकाशित मिति :  6 July, 2022 9:37 am


काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् र कृषि तथा वन विश्वविद्यालय (एएफयु) बीच एक सम्झौतापत्रमा हस्ताक्ष भएको छ ।

समारोहमा नेपाल कृषि अनुसन्धान परिषद्को तर्फबाट परिषद्का कार्यकारी निर्देशक डा. दीपक भण्डारी तथा कृषि तथा वन विश्वविद्यालयको तर्फबाट उपकुलपति डा. पुण्य प्रसाद रेग्मीले हस्ताक्षर गरेका थिए । नार्क र विश्व विद्यालय बीच भएको यस समझदारीले कृषि अध्यापन र कृषि अनुसन्धानका अग्रणी निकायलाई कृषि विकासको बाटोमा हातेमालो गरि अघि वढ्न समझदारी र सहकार्यको संस्कृति विकास गर्ने बताइएको छ ।

हस्ताक्षर समारोहमा परिषद्का योजना तथा समन्वय निर्देशक डा. युगनाथ घिमिरे तथा विश्वविद्यालयका सहायक डीन प्रशासन बाबुराम खनालले साक्षीको रुपमा हस्ताक्षर गरेका थिए। कार्यक्रममा पशु तथा मत्स्य निर्देशक डा. दोजराज खनाल, प्रशासन निर्देशक नविन कुमार पौडेल तथा लेखा निर्देशक डा। कृष्ण कुमार मिश्र, परिषद्का योजना महाशाखा प्रमूख डा. टेक प्रसाद गोतामे र राष्ट्रिय कृषि निति अनुसन्धान केन्द्रका प्रमुख डा. कृष्ण तिमल्सिना पनि उपस्थित थियाे ।

नेपालको सरकारी कृषि प्राविधिक विश्वविद्यालय र कृषि अनुसन्धानको अग्रणी निकाय नार्क बीचको यो सहकार्यले आगामी दिनमा कृषि अनुसन्धान र प्रविधि विकासमा योगदान पुग्ने आशा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !