अर्थ सचिव मरासिनी अनिश्चितकालका लागि बिदामा
प्रकाशित मिति : 6 July, 2022 12:34 pm
काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएर करको दर हेरफेर गरेको बिषयमा प्रश्न उठेपछि सचिव मरासिनी विदामा बसेका छन् ।
मरासिनी आजदेखि लागु हुने गरी अनिश्चितकालका लागि बिदामा बसेका हुन । बिदा लिनु अघि अर्थमन्त्री शर्मा र मूख्यसचिवलाई विदाबारे जानकारी गराएको बताइएको छ ।
बजेट निर्माणका क्रममा स्वार्थ समूहलाई प्रवेश गरेको प्रमाणका रुपमा रहने सीसीटीभी फुटेज माग्दा १३ दिनको मात्र बाँकी रहने र अरु आफैं मेटिँदै जाने मन्त्रालयले जवाफ दिएको थियो ।
अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएका बेला अर्थसचिव मरासिनी लामो विदामा बसेको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।