११ मंसिर २०८१, मंगलबार

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले गरिन् प्रेमी राहुलसँग बिबाह

प्रकाशित मिति :  6 July, 2022 12:59 pm


काठमाडौं । पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ बैबाहिक जिवनमा बाँधिएकी छन् । उनी प्रेमी राहुल मोक्तानसँग विवाह बन्धनमा बाँधिएकी हुन । उनीहरुले मंगलबार नेवारी परम्पराअनुसार विवाह गरेका छन् ।

नेवारी चलअनुसार रिसेप्सनपछिको शुभ साइतमा निकट आफन्त र परिवारको उपस्थितिमा बिहे कार्यक्रम भएको थियो ।

सदीक्षा र राहुल केही वर्षयतादेखि प्रेमसम्बन्धमा थिए । राहुलले काठमाडौंमा जिमखाना सञ्चालन गरिरहेका छन् भने सदीक्षाले हालै डान्सिङ स्टार्स नेपाल रियालिटी शोमा कार्यक्रम प्रस्तोताको भूमिका निर्वाह गरेकी थिइन् ।

विवाह समारोहमा पूर्वमिस नेपालहरु पनि उपस्थित थिए । रिसेप्सनमा सेलिब्रिटी, मिडिया उद्यमी र व्यवसायीहरुलाई पनि निम्तो दिइएको थियो ।



प्रतिक्रिया दिनुहोस !