संसद बैठक २ बजेसम्मका लागि स्थगित
प्रकाशित मिति : 6 July, 2022 1:16 pm
काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । बुधबार विहान ११ बजेका लागि बोलाएको बैठक दिउँसो १ बजेसक्दा समेत शुरु हुन नसकेपछि सूचना टाँसेर बैठक सारिएको हो ।
एमालेले बजेट निर्माणका प्रकृयामा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको थियो भने माओवादी केन्द्र छानबिन समिति बनाउन तयार रहेकाे थियो ।
आफूमाथि उठेको प्रश्नबारे अर्थमन्त्री शर्माले संसदमा जवाफ दिन चाहेका छन् । सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधि सभामा बोल्न दिने अनौपचारिक खबर आएपछि एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्ने बताएको छ ।