छोरीले तीन स्वर्ण जितेपछि खुसी आमा
गलेश्वर । मनकुमारी परियार नाम जस्तै मनकारी । राखुमा जन्मिएकी मनकुमारीले मन र जीवन भकिम्लीका टीका उर्फ पूर्णलाई दिए । उनले सोच्नुभयो अब मेरो जीवन पनि पूर्ण हुने भयो । तर जीवनमा सबै भने जस्तो कहाँ हुन्छ र ?
जब पूर्णसँग मनकुमारी रङ्गीन सपना पूरा गर्न घर पुगिन्र् त्यसपछि छाँगाबाट खसे झैँ भइन् । कारण, पूर्णको घरमा त पहिल्यै पत्नी र छोराछोरी थिए । दोधारमा परिन् मनकुमारी । जाउ कहाँ जाउ रु गुहार मागू कसलाई रु भएन भनेर कोखका सन्तान जन्मने प्रक्रियामा थियो । मनकुमारीले अठोट गरिन् जस्तै दुःख सहेर भए पनि अब म यसैका निम्ति बाँच्नुपर्छ ।
त्यसपछि सुरु भयो उनकोे सङ्घर्षको कथा । के उनले रु संजोगले बेनी नगरपालिकामा बजारमा ट्र्याक्टर चढेर फोहर सङ्कलन गर्ने काम पाइन मनकुमारीले । घिन मानिनन्, अल्छी गरिनन् ।
सबैलाई मीठो बोली र कामले लोभ्याइन् । एकातिर काखमा बच्चा अर्कोतिर कामको चटारो हरेस नखाइकन निरन्तर काममा लागिन् छोरीको जन्म भयो । नाम राख्नुभयो सुष्मा परियार ।
हो, यिनै सुष्मा परियारले २०७९ असार २० र २१ गते सम्पन्न राष्ट्रपति कपमा तीन स्वर्ण र एक काश्यपदक जितेर सबैलाई चकित तुल्याएकि छन् । उमेरले १३ वर्ष लागेकी बेनीको प्रकाश माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने सुष्माले दौडतर्फ १०० मिटर, २०० मिटर र चारसय मिटर रिलेमा तीन स्वर्ण र एक हजार ६०० मिटर रिलेमा काश्यपदक जित्न सफल भएकी छन् । अब सुष्माले पोखरामा हुने प्रदेशस्तरीय राष्ट्रपति कपमा म्याग्दीको प्रतिनिधित्व गर्दै छिन् ।
सुष्मा त्यसै सफल भएकी होइन । उनको सफलतामा आमा मन कुमारीको ठूलो हात छ । एकातिर बुबाको साथको अभाव अर्कोतिर आफ्नो आर्थिक अवस्था । “दशौँ वर्ष गरेको नगर पालिकाको जागिर पनि गयो । अहिले पाण्डे मेडिकल र सञ्जिवनी हस्पिटल साथमा केही घरमा काम गरर दैनिक गुजारा चलाइरहेकी छु । महिनाभरिको कमाइले के घर भाडा तिर्ने रु के हातमुख जोर्ने रु” गहभरि आँसु झार्दै मनकुमारीेले भनिन्, “कति दिन त पैसा नभएर रित्तै हात स्कुल पठाएँ ।
कैयौँपटक कापी, कलम किन्ने पैसा भएन । यसले कहिल्यै गुनासो गरिन् । अचानक अमिसाले फोन गरेर सुष्माले जितिन्भन्दा भुइँमा खुट्टा रहेन । दौडेर मञ्चमा पुगे । छोरी र साथीहरुलाई बधाई दिएँ आज यसको सफलताले सबै दुःख बिर्सिएको छु । सर मिसलाई नै अभिभावक सम्झेर प्रकाश मावि पढाएको छु आशा छ स्कुलले यसलाई पक्कै मान्छे बनाउने छ”, मनकुमारीले भनिन् ।
“गत वर्ष शारीरिक शिक्षाको अभ्यास गराउँदा आँखामा परेका थिइन् सुष्मा । राष्ट्रपति कप हुने भन्दाबित्तिकै उनको तस्बिर झलझली आँखा अगाडि नाँच्यो । नभन्दै साथी माझ अब्बल सावित भएर छनोट भइहालिन्”, प्रकाश माध्यमिक विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख विनय श्रेष्ठले भने । “सुष्माको प्रदर्शनले हामी खुसी छाँै, उनले विद्यालयको नाम राखेकी छन् । विद्यालयले गर्नुपर्ने सहयोगमा हामी कमी हुन दिने छैनौँ”, विद्यालयका निमित्त प्रधानाध्यापक लेखबहादुर हमालले बताए ।
सुषमाले अहिलेको प्रदर्शनले खुसी भएको बताए । “सरमिस, विद्यालय र साथीले साथ दिनुभयो, धन्यवाद छ । विद्यालयको नाम राखेँ अब जिल्लाको नाम राख्न सकूँ । यही सपना बोकेर पोखरा जानेछु । आमाको सपना पूरा गर्नेछु । मेरा पदक आमाबुबालाई समर्पण छ ।” खुसी व्यक्त गर्दै सुष्माले भनिन्।
अहिले सिङ्गो समाज सुष्माको अभिभावक बनेको छ । सुष्मालाई मान्छे बनाउन र बुवाको कमी महसुस हुन नदिन वास्तवमै सहयोगी हातको खाँचो भएको विद्यालयका शिक्षक विनय श्रेष्ठले बताए। रासस