निर्माण चौधरीले भने : बजेट निर्माण प्रक्रियामा हाम्रो कुनै संलग्नता छैन
काठमाडौं । बजेटका सन्दर्भमा चौधरी ग्रुप जोडेर सामाजिक सञ्जालमा आएका कुराहरुप्रति चौधरी ग्रुपले ध्यानाकर्षण भएको जनाएको छ ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक संजाल मार्फत आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा संकास्पद भूमिका रहेको आरोप लागेको चौधरी ग्रुप आफ्नो कुनै संलग्नता नरहेको प्रष्टिकरण दिएको छ ।
ग्रुपका प्रबन्ध निर्देशक निर्माण चौधरीले बजेट निर्माण प्रक्रियामा आफ्नो कुनै चासो र सरोकार नभएको समेत बताएका छन् ।
केहि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चौधरी ग्रुपमा कार्यरत कर्मचारी रघुनाथ घिमिरे बजेट सार्वजनिक हुने अघिल्लो राती अर्थमन्त्री जनार्दन शर्मासँग मिलेमतो गरेर करका दर हेरफेर गरेको आरोप लाग्दै आएको छ ।
चौधरीले आफूहरुमाथि लागेको आरोपको पुष्टि गर्न पनि चुनौति दिएका छन् । ’यसमा छानविन गरी सत्य तथ्य बाहिर ल्याउन हामी सम्बन्धित निकायलाई आग्रह गर्दछौ । हाम्रो संलग्नता पुष्टि भए कारबाही भोग्न तयार छौ,’ फेसबुकमा उनले लेखेका छन् ।