१० मंसिर २०८१, सोमबार

१३ अंकले बढ्यो सेयरबजार, कारोबार रकम २ अर्ब माथि

प्रकाशित मिति :  6 July, 2022 3:36 pm


सेयरबजारमा आज भने हरियाली छाएको छ । बुधबार नेप्से परिसूचक १३ अंकले बढेपछि लगानीकर्ताहरु सकरात्मक देखिएका छन् । कारोबार सुरु भएको समयदेखि उतारचढाव आएको सेयरबजार बन्द हुनेबेलामा भने सकरात्मक बनेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १३.३३ अंकले बढेर २०४३.९२ अंकमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक पनि १.६८ अंकले बढेर ३८८.९१ अंकमा पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहको सेयर घट्दा बाँकी १० वटा उपसमूहको सेयर बढेको छ ।

बुधबार गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ११ करोड ७२ लाख ८० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै लगानीकर्ताको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

यस दिन ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त डिबेञ्चरको मूल्य ५.८९ प्रतिशतले घटेको छ ।

कूल २२८ वटा कम्पनीको ६२ लाख ६३ हजार ३ सय १० कित्ता सेयर किनबेच हुँदा २ अर्ब १७ करोड ८६ लाख ५५ हजार ७ सय १ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !