५ आश्विन २०८१, शनिबार

कृषि परियोजना गर्ने सूचीकृत कम्पनीलाई लगानीको स्रोत नखोज्न सुझाव

प्रकाशित मिति :  7 July, 2022 1:10 pm


काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले कृषि परियोजना गर्ने सूचीकृत कम्पनीलाई लगानीको स्रोत नखोज्न सुझाव दिएको छ ।

मौद्रिक नीतिका विषयमा सम्बन्धित निकायमा पेश गरेको सुझावहरुको आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै संघले भनेको छ,“कृषि परियोजना गर्ने सूचिकृत कम्पनीलाई उर्जामा जस्तै लगानी गर्दा स्रोत नचाहिने व्यवस्था गर्दा सबल राष्ट्रिय अर्थतन्त्र निर्माणका साथै आयात प्रतिस्थापनमा सहयोग पुग्ने देखिन्छ ।”

महिलाहरूले आफ्नो नामा २५ लाख रुपैयाँसम्म बैं तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्दा उक्त रकमको स्रोत नचाहिने व्यवस्था गर्न पनि सुझाव दिएको छ । यसले महिलाहरूको आर्थिक एवं सामाजिक सशक्तिकरणमा टेवा पुग्नुका साथै आर्थिक तरलतामा सहयोग पुग्ने परिसंघको दाबी छ ।

उत्पादनजन्य उद्योगहरूमा बढी ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थालाई सम्मान र पुरस्कारको व्यवस्था गर्नुपर्ने सुझाव दिँदै परिसंघले अति आवश्यक कृषिजन्य कच्च पदार्थ बाहेक अन्य कृषिजन्य वस्तु तथा सामाग्रीको आयातमा रोक लगाउनुपर्ने भनेको छ ।



प्रतिक्रिया दिनुहोस !