१० मंसिर २०८१, सोमबार

विद्युतीय सवारीको लागि ३३ ठाउँमा चार्जिङ स्टेशन बनाउने कार्य अन्तिम चरणमा

प्रकाशित मिति :  7 July, 2022 2:03 pm


काठमाडौं । नेपाल विद्युत प्रधिकरणले विद्युतीय सवारी चार्ज गर्न चार्जिङ स्टेशनको कार्य अन्तिम चरणमा पुगेको बताएको छ ।

गत वर्ष विद्युत प्राधिकरणले विद्युतीय सवारी चार्ज गर्न देशभर ५१ स्थानमा चार्जिङ स्टेशन निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो । त्यसैगरि ५१ स्थानमध्ये ३३ ठाउँमा चार्जिङ स्टेशन बनाउने कार्य अन्तिम चरण पुगेको छ ।

महेन्द्रनगर बसपार्क कंचनपुर, अत्तरीया एनईए कार्यालय कैलाली, लम्की बसपार्क कैलाली, कोहोलपुर रिफ्रेस सेन्टर बाँके, सुर्खेत बसपार्क सुर्खेत, लमही रिफ्रेस सेन्टरहरूमा विद्युत प्रधिकरणले जुलाई १५ सम्म जिभिटी चार्जर सिसिएस स्थापना गर्ने भएको छ ।

त्यस्तै चन्द्रौटा रिफ्रेस सेन्टर कपिलवस्तु र बर्दघाट रिफ्रेस सेन्टर नवलपरासीमा हुँदै गरेको कार्यलाई रोकेर परिर्वतन गर्ने भएको छ ।

लेकसाइड पोखरा कास्की, टुरिस्ट बसपार्क कास्की, पारस बसपार्क चितवन, मुग्लिन पुल चितवन, हेटौडा रातोमाटे मकवानपुर, सैनामौना रिफ्रेस सेन्टर रुपन्देही, र भैरावहा वसपार्क रुपन्देही , हरिऔँन रिफ्रेस सेन्टर सर्लाही, पथलैया बारा, लाहान बसपार्क लाहान, बेलका रिफे्रेस सेन्टर उदयपुर, इटहरी सुनसरि, बिराटनगर ईभी चार्ज केन्द्र मोरंग, दमक बसपार्क झापा, विदुर नुवाकोट, जनकपुर, बिर्तामोड बसर्पाक झापा जस्ता स्थानहरुमा जुलाई ३० सम्म जिभिटी चार्जर सिसिएस स्थापित गर्ने र अगस्तसम्म अन्त्य गर्ने लक्ष्यका साथ विद्युत प्रधिकरणअघि बढेको जानकारी दिएको छ ।

त्यस्तै हल्चोक सशसत्र प्रहरी काठमाडौं, केन्द्रीय कार्रया काठमाडौं, साझा सेवा बल्खु काठमाडौं, साझा यातायात पुल्चोक ललितपुर, साझा सेवा बनेपा, खुर्कोट रिफ्रेस सेन्टर सिन्धुली, हरिऔँन रिफ्रेस सेन्टर सर्लाहीका स्थानहरुमा अगस्त १५ सम्म सीसीएस टू जडान गरेर अन्त्य गर्ने विद्युत प्रधिकरणको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !