१० मंसिर २०८१, सोमबार

साझा यातायातका तीन वटा विद्युतीय बस आजदेखि सञ्चालनमा

प्रकाशित मिति :  7 July, 2022 2:28 pm


काठमाडौं । साझा यातायातले आजदेखि काठमाडौंमा तीन वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । चिनियाँ कम्पनी नानजिङस्थि सीएचटीसीएचओले निर्माण गरेको उक्त बस आजबाट सञ्चालनमा आएको हो ।

सञ्चालनमा आएका बसको मूल्य एक करोड ५० लाख रुपैयाँ रहेको छ । सो बसको सीट क्षमता ४० रहेको छ ।

साझाले आगामी दिनमा ३७ वटा बस सञ्चालन गर्ने बताएको छ । काठमाडौं उपत्यकापछि साझाले प्रदेशमा पनि बस सञ्चालन गरिने बताएको छ ।



प्रतिक्रिया दिनुहोस !