४ आश्विन २०८१, शुक्रबार

पछिल्लाे ८० दिनमा ३० वटा उद्योग दर्ता, कहाँ कुन कुन ?

प्रकाशित मिति :  7 July, 2022 3:55 pm


रबि थापा

काठमाडौं । चालु आर्थिक वर्षको बैशाख देखि असार २२ गते सम्म साना तथा ठूला उद्योग गरि जम्मा ३० वटा उद्योगहरु दर्ता भएको उद्योग विभागले जनाएको छ । विभागको तथ्याकं अनुसार असारको २२ सम्म मात्र थप छ वटा नयाँ उद्योग दर्ता भएका छन् ।

पछिल्लो तीन महिना भन्दा कम समयमा दर्ता भएका यि ३० उद्योगले कूल ५ खर्ब ३४ अर्ब ३४ करोड भन्दा बढि लगानी गर्ने जनाएका छन् । तथ्याकं अनुसार दर्ता भएका यि उद्योगले दुई हजार सात सय २५ जनाभन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिने छन् ।

२०७९ बैशाख २ गते विभागमा दर्ता भएको काठमाडौं मैदा मिल्स प्रालि कोल्ड स्टोरेज काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ बालाजुमा स्थापित हुनेछ । यसमा १ अर्ब ५५ करोडको लागनी हुनेछ । कम्पनीले तरकारीहरुलाई सुरक्षित बनाउने काम गर्ने छ भने ५४ जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ वैशाख ५ गते विभागमा दर्ता भएको प्राइम केवल ईण्डष्ट्रिज प्रालि ले मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर ४मा स्थापित हुनेछ ।यसमा २ अर्ब ५० करोडको लगानी हुनेछ । कपर, स्टिल ब्रास जस्ता धातुहरु उत्पादन गर्ने छ भने ७० जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ बैशाख ७ गते विभागमा दर्ता भएको सनराईज हाईराईज एपार्टमेन्टस प्रालि काठमाडौंको वडा नम्बर २३ बत्तीसपूतलीमा स्थापित हुनेछ । यसमा ३ अर्ब ९१ करोडको लगानी हुनेछ । यस कम्पनीले २०० अपार्टमेन्टहरू स्थापना गर्ने छ भने ११२ जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ बैशाख ७ गते विभागमा दर्ता भएको ए.वि. प्यालेट फिड प्रालि चितवानको भरतपूर महानगरपालिका वडा नम्बर १४ मा स्थापित हुनेछ । यसमा ३ अर्ब १४ करोडको लगानी हुनेछ । कम्पनीले गाईबस्तुको लागि दाना उत्पादन गर्ने छ भने ५२ जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ बैशाख ६ गते विभागमा दर्ता भएको शूभारम्भ हाइड्रोपावर प्रालि ओखलढ्गा जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर ८ मा स्थापित हुनेछ । यसमा ११ खर्ब ७१ अर्ब ११ करोडको लगानी हुनेछ । कम्पनीले जलविद्युत ६ मेगवाटमा उत्पादन गर्ने छ भने २३ जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ बैशाख ७ गते विभागमा दर्ता भएको एकता वाइन इण्डष्ट्रि प्रालि चितवान जिल्ला इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा स्थापित हुनेछ । यसमा १ अर्बको लगानी हुनेछ । कम्पनीले फलफूलमा आधारित वाइन उत्पादन गर्ने छ भने २९ जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ बैशाख ७ गते विभागमा दर्ता भएको अथर्व टेक्सटाईल्स प्रालि रौतहट जिल्ला, वृन्दावन नगरपालिका वडा नम्बर ६ मा स्थापित हुनेछ । यसमा ६ अर्ब ६६ करोडको लगानी हुनेछ । कम्पनीले कपडा उत्पादन गर्ने छ भने १२८ जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ बैशाख ११ गते विभागमा दर्ता भएको यूनाइटेड वाइनरी प्रालि ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नम्बर १३ मा स्थापित हुनेछ । यसमा ४ करोड ७० लाखको लागनी हुनेछ । कम्पनीले फलफूलबाट वाइन उत्पादन गर्ने छ भने ३० जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ बैशाख १५ गते विभागमा दर्ता भएको शालिमार होम्स प्रालि प्रसा जिल्ला वीरपगंज महानगरपालिका वडा नम्बर १० मा स्थापित हुनेछ । यसमा २ अर्ब ४० करोडको लगानी हुनेछ । कम्पनीले व्यावसायीक फ्याल्टहरु निर्माण गर्ने छ भने ८५ जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ बैशाख २१ गते विभागमा दर्ता भएको कृष्ण एग्रो इण्डष्ट्रिज स्थापित हुनेछ । यसमा १ अर्ब ९० करोडको लगानी हुनेछ । कम्पनीले पशुपन्छीको लागि दानहरु उत्पादन गर्ने छ भने ४५ जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ बैशाख २१ गते विभागमा दर्ता भएको होम रेष्टूूरेन्ट एण्ड बार प्रालि काठमाडौं वडा नम्बर २६ मा स्थापित हुनेछ । यसमा ६२ करोड ५० लाखको लगानी हुनेछ । कम्पनीले रेष्टूरेन्टको लागि सिट उत्पादन गर्नेछ भने ५० जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ बैशाख २१ गते विभागमा दर्ता भएको मार्बल इन्टरनेशनल कर्गो प्रालि काठमाडौं वडा नम्बर २६ मा स्थापित हुनेछ । यसमा २ अर्बको लगानी हुनेछ । कम्पनीले अन्तराष्ट्रिय कार्गो ह्यान्डलिन गर्नेछ भने ७५ जनाले रोजगार प्रदान गर्नेछ ।

२०७९ बैशाख २१ गते विभागमा दर्ता भएको स्वर्णिम बुटिक होटल प्रालि काठमाडौँ वडा नम्बर ३ मा स्थापित हुनेछ । यसमा १ खर्ब ३० अर्बको लगानी हुनेछ । कम्पनीले होटल बेड्स, रेष्टूरेन्ट सिट उत्पादन गर्नेछ भने ७० जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ बैशाख २८ गते विभागमा दर्ता भएको सिंगापुर वेभरेजेज नेपाल प्रालि झापा जिल्ला मेचीनगर नगरपालिका वडा नम्बर १४ मा स्थापित हुनेछ । यसमा ८ अर्बको लगानी हुनेछ । कम्पनीले कार्भोनेट स्वादको पियपर्दाथ उत्पादन गर्नेछ भने ५०० जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ बैशाख २८ गते विभागमा दर्ता भएको सिंकोस हाईड्रोपावर प्रालि म्याग्दी जिल्ला धवलागिरी गाउँपालिका वडा नम्बर ४ म्याग्दीमा स्थापित हुनेछ । यसमा ८ अर्ब ७३ करोड ८४ लाखको लगानी हुनेछ । कम्पनीले जलविद्युत उत्पादन गर्ने छ भने २५ जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ जेठ ४ गते विभागमा दर्ता भएको भि एस सी फ र्मास्युटिकल्स प्रालिले तनहुँ जिल्ला देवघाट गाउँपालिका वडा नम्बर ५ मा स्थापित हुनेछ । यसमा ३ करोड ३२ लाख ३३ हजारको लगानी हुनेछ । कम्पनीले तरल पर्दाथ उत्पादन गर्नेछ भने ४९ जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ जेठ ७ गते विभागमा दर्ता भएको बुद्ध शक्ति होटल प्रालि काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका वडा नम्बर ५ मा स्थापित हुनेछ । यसमा ३७ लाख ५० हजारको लगानी हुनेछ । कम्पनीले होटल बेडेको उत्पादन गर्ने छ भने १२ जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ जेठ ११ गते विभागमा दर्ता भएको त्रिवेणी राइस इण्डष्ट्रि प्रालिले पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नम्बर ३२ मा स्थापित हुनेछ । यसमा ४ अर्ब ८० करोडको लगानी हुनेछ । कम्पनीले धान कुट्ने, भुस बनाउने कार्य गर्ने छ भने ८८ जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ जेठ १२ गते विभागमा दर्ता भएको दुगड अटो क्लिनिक प्रालि मकवानपुर जिल्ला हेटौंडा औद्यागिक क्षेत्रमा स्थापित हुनेछ । यसमा ३ खर्बको लगानी हुनेछ । कम्पनीले टू हुईलर र फो हुईलर गाडी उत्पादन गर्नेछ भने १४५ जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ जेठ १२ गते विभागमा दर्ता भएको हेबेइ इन्टरनेशनल कार्गो प्रालि काठमाडौं वडा नम्बर २६ मा स्थापित हुनेछ । यसमा २ अर्बको लगानी हुनेछ । कम्पनीले अन्तराष्ट्रिय कार्गो व्यावस्थापन गर्नेछ भने ७० जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ जेठ १२ गते विभागमा दर्ता भएको सिग लग रेष्टूरेण्ट प्रालि ले काठमाडौं महानगरपालिका वडा नम्बर २६ मा स्थापित हुनेछ । यसमा २ खर्बको लगानी हुनेछ । कम्पनीले रेष्टूरेण्ट सिट उत्पादन गर्ने छ भने ३० जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ जेठ १२ गते विभागमा दर्ता भएको ब्राइट मेट इण्डष्ट्रिज प्रालि बारा जिल्ला जीतपुरसिमरा उप महानगरपालिका वडा नम्बर ११ मा स्थापित हुनेछ । यसमा ९ अर्ब ८० करोडको लगानी हुनेछ । कम्पनीले एलपिजि ग्यासको बिक्रि गर्ने र विभिन्र प्रकारको पाइपहरुको उत्पादन गर्नेछ भने ३१७ जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ जेठ २३ गते विभागमा दर्ता भएको शुभम् नङयूआन प्रालि दाङ जिल्ला शान्तिनगर गाउँपालिका वडा नम्बर १ मा स्थापित हुनेछ । यसमा ९ अर्ब २० करोडको लगानी हुनेछ । कम्पनीले सोलार विद्युतिय उत्पादन गर्नेछ भने १२ जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ असार ७ गते विभागमा दर्ता भएको दियालो रोमिङ प्रालि पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नम्बर १०मा स्थापित गर्नेछ । यसमा १ अर्ब ५० करोडको लगानी हुनेछ । कम्पनीले क्यासिनो खेलाडीको लागि उद्योग स्थापना गर्नेछ भने ६५ जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ असार ७ गते विभागमा दर्ता भएको फार वेष्टर्न एगा्रे जाइन्ट लिमिटेडले डडेलधुरा जिल्ला अमरगढी नगरपालिका वडा नम्बर १ मा स्थापित हुनेछ । यसमा ५ अर्बको लगानी हुनेछ । कम्पनीले सोयबिन तेल उत्पादन गर्नेछ भने ५८ जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ असार ७ गते विभागमा दर्ता भएको दार्चुला पावर प्रा। लि दार्चुला जिल्ला मार्मा गाउँपालिकामा स्थापित हुनेछ । यसमा ६ अर्ब ६५ करोड लगानी हुनेछ । कम्पनीले जलविद्युतिय उत्पादन गर्ने छ भने ६५ जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ असार ८ गते विभागमा दर्ता भएको हेली नेपाल प्रालि काठमाडौं महानगरपालिका वडा नम्बर ९ सिनामंगल कालिमाडी टोलमा स्थापित हुनेछ । यसमा ६ अर्ब ३२ करोड ५४ लाखको लगानी हुनेछ । कम्पनीले हेलिकपटर यातायात सेवा दिने उद्योग स्थापना गर्नेछ भने ४२ जनालाई रोजगारी प्रदान गरिनेछ ।

२०७९ असार ९ गते विभागमा दर्ता भएको प्राइम स्टील प्रालि ले पर्सा जिल्ला पोखरिया नगरपालिका वडा नम्बर ९ मा स्थापित हुनेछ । कम्पनीले स्ट्रक्चरल वस्तुहरूको उत्पादन गर्नेछ भने ४०० जनालाई रोजगार प्रदान गर्नेछ ।

२०७९ असार १० गते विभागमा दर्ता भएको चितवन ईनर्जि लिमिटेडले म्याग्दी जिल्ला, रघुगंगा गाउँपालिकामा स्थापित हुनेछ । यसमा १ करोड ५० लाखको लगानी हुनेछ । कम्पनी जलविद्युतीय उत्पादन गर्ने छ भने २५ जनालाई रोजगारी प्रदान गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !