नेपालको उत्पादन विश्वमा माग हुँदा पनि उत्पादन गर्न सकेनौंः गोल्यान
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष पवन कुमार गोल्यानले नेपालमा हुने उत्पादन विश्वभरि माग भइराख्दा पनि उत्पादन गर्न नसकेको बताएका छन् ।
“विश्वमा माग भइराखेको नेपालको उत्पादन हामीले दिन सकिराखेको छैनौं,” सिबिफिनले विहिबार काठमाडाैंमा आयाेजना गरेको कार्यक्रममा बाेल्दै गोल्यानले भने, ”अल्लो नेपालमा कुहिएर जान्छ, त्यसलाई प्रशोधन गरेर निर्यात गर्न सकिन्छ तर हुन सकेको छैन । सरकारले पनि ध्यान दिनुपर्छ ।”
नेपालको मौलिक उत्पादन र अवसर सरकारले खोज्नुपर्ने उनले बताए । नेपालको मौलिक उत्पादन र अवसर सरकारले खोजेर त्यता लगानी गर्न सहयोग पुर्याउनुपर्ने बताएका हुन् । आगामी माैद्रिक नीतिका बारेमा सुझाव दिन आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा बाेल्दै गाेल्यानले माैद्रिक नीतिले उत्पादनमा लगानी गर्ने नीति अबलम्बन गर्नु पर्ने बताए।
सिबिफिनले कृषि परियोजना गर्ने सूचिकृत कम्पनीलाई लगानीको स्रोत नचाहिने व्यवस्था गर्नु पर्ने जनाएको छ । उर्जामा जस्तै कृषि परियोजनामा लगानी गर्दा स्रोत नचाहिने व्यवस्था गर्नुपर्ने जनाएको हो । सिबिफिनका अनुसार यस्तो व्यवस्था गर्दा सबल राष्ट्रिय अर्थतन्त्र निर्माणका साथै आयात प्रतिस्थापनमा सहयोग पुग्नेछ । अति आवश्यक कृषिजन्य कच्चा पदार्थ बाहेक अन्य कृषिजन्य वस्तु तथा सामाग्रीको आयातमा रोक लगाउन पनि माग गरेको छ ।
“अहिले आयातमा हाम्रो खर्च भइराखेको छ । आयातले आर्थिक वृद्धिदर दिगो हुँदैन, उत्पादन तर्फ बैंकहरुले लगानी गर्नुपर्छ,” उनले भने, “अनुत्पादक वा कम उत्पादक क्षेत्रमा प्रवाह हुने ऋणभन्दा उत्पादनजन्य उद्योगहरूमा प्रवाह हुने ऋणको ब्याजदरमा ४ प्रतिशत कम गर्नुपर्छ । उत्पादक क्षेत्र र अनुत्पादक क्षेत्रमा भएको लगानी राष्ट्र बैंकले यसलाई कडाइका साथ लागू गर्नुपर्छ ।”
अध्यक्ष गोल्यानले सिसिडी रेसियो लागू गर्न अथवा सिडी रेसियो ९५ प्रतिशत पुर्याउन आग्रह गरेका छन् । संकटको बेलाबाट निस्कँदै गर्दा राष्ट्र बैंकले सिसिडी रेसियो हटाएर सिडी रेसियो लागू गर्दा बैंकहरुलाई समस्या परेको उनले बताए ।
सिबिफिनले महिलाहरुले आफ्नाे नाममा २५ लाख रुपैँयासम्म निक्षेप जम्मा गर्दा स्रोत नचाहिने व्यवस्था गर्न माग गरेको छ । महिलाहरुको आर्थिक एवं सामाजिक सशक्तिकरणमा टेवा पुग्ने र आर्थिक तरलतामा सहयोग पुग्ने भन्दै सिबिफिनले महिलाहरुले आफ्नो नाममा २५ लाख रुपैँयासम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्दास्रोत नचाहिने व्यवस्था गर्न माग गरेको छ । यस्तो व्यवस्थाले तरलतामा सहयोग पुग्ने विश्वास लिएको सिबिफिनले जनाएको छ ।
नेपालको मौलिक उत्पादन र अवसर सरकारले खोज्नुपर्ने उनले बताए । नेपालको मौलिक उत्पादन र अवसर सरकारले खोजेर त्यता लगानी गर्न सहयोग पुर्याउनुपर्ने बताएका हुन् । अध्यक्ष गोल्यानले आयातको अर्थतन्त्र दिगो नहुने भन्दै बैंकले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।
अध्यक्ष गोल्यानले सिसिडी रेसियो लागू गर्न अथवा सिडी रेसियो ९५ प्रतिशत पुर्याउन आग्रह गरेका छन् । संकटको बेलाबाट निस्कदै गर्दा राष्ट्र बैंकले सिसिडी रेसियो हटाएर सिडी रेसियो लागू गर्दा बैंकहरुलाई समस्या परेको उनले बताए ।