५ आश्विन २०८१, शनिबार

वालिङका नगरपालिकाले किसानलाइ दियाे हाते ट्याक्टर मर्मत सम्बन्धी तालिम

प्रकाशित मिति :  8 July, 2022 3:40 pm


स्याङ्जा । स्याङ्जको वालिङ नगरपालिकाले कृषकहरुलाई हाते ट्याक्टर मर्मत गर्न एड्भान्स तालिम प्रधान गरेको छ । वालिङ नगरभित्र नगरपालिकाले र विभिन्र निकायले वितरण गरेका दुईहजार भन्दा बढी हाते ट्याक्टरका धनीहरुलाई वालिङ नगरपालिकाले युएनडिपी, दियालो तथा व्यवसायीक तथा सीप विकास तालिम केन्द्र पोखराको सहकार्यमा ट्याक्टर मर्मतको विशेष तालिम सञ्चालन गरेको हो ।

कृषकहरुको मागको आधारमा तालिम सञ्चालन गरिएको भन्दै नगर प्रमुख कृष्ण खाणले अब गाउँ गाउँमा नै हाते ट्याक्टरको मर्मत गर्न सक्ने सक्षम जनशक्ति तयार भएको जानकारी दिए। खाँणले भने ,“गाउँ गाउँमा हाते ट्याक्टर सामान्य समस्याले समेत फालिएका छन् जसको कारण कृषकलाई मार परेको छ। त्यसैले बाहिरबाट दक्ष प्राविधिक बोलाएर तालिम सञ्चालन गरिएको हो ।’’

गत महिनामा वालिङ् नगरपालिकाले ५० जना कृषकलाई प्रारम्भिक हाते ट्याक्टर मर्मत तालिम प्रदान गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !