११ मंसिर २०८१, मंगलबार

आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन

प्रकाशित मिति :  10 July, 2022 8:56 am


haribodhini

काठमाडौं । आज असार शुक्ल एकादशी अर्थात् तुलसीको विरुवा रोप्ने दिन । आजको दिन भगवान विष्णुको प्रतिकको रुपमा घरघरका तुलसीको मठमा तुलसी रोपिन्छ ।

जेष्ठ शुक्ल एकादशीका दिन अर्थात् निर्जला एकादशीमा छरेका बीउ अङ्कुर भई उम्रिएका बिरुवा आजका दिन (हरिशयनी एकादशी) सार्ने गरिन्छ ।

हिन्दु समाजमा तुलसीको छुट्टै महत्व रहेको छ । सृष्टिकर्ता भगवान हरि अर्थात विष्णु चार महिनाका लागि पाताल शयन सुत्न जाने कुरा शास्त्रमा उल्लेख गरेको पाइन्छ । आजका दिन चीर निन्द्रामा गएका भगवान हरि चर्तुमास सकेर एकैचोटी हरिबोधिनी एकादशीका दिन जाग्ने गर्दछन् भन्ने विश्वास रही आएको छ ।

निर्जला एकादशीका दिन छरेका बीउलाई आजका दिन रोपेर हरिबोधनी एकादशीका दिन विवाह गर्ने गरिन्छ । आजका दिन व्रर्त बस्नाले सम्पूर्ण पापको मोचन हुने र मनले आँटेका कुराहरु पूरा हुने धार्मिक विश्वास रहेको छ ।

स्वास्थको हिसाबले पनि तुलसीलाई अचुक औषधीको रुपमा प्रयोग गरिन्छ । रुगा, खोकी, ज्वरोमा तुलसीलाई घरेलु औषधीका रुपमा प्रयोग गरिन्छ ।तुलसीको विरुवाले स्वच्छता प्रदान गर्ने हुनाले यसको वैज्ञानिक महत्व पनि रहेको छ ।



प्रतिक्रिया दिनुहोस !