कर्णाली प्रदेशका अर्थमन्त्री विष्ट अस्वस्थ, उपचारका लागि काठमाडौं ल्याइयो
प्रकाशित मिति : 11 July, 2022 12:08 pm
काठमाडौं । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टलाई स्वाथ्यमा समस्या देखिएको छ । उनलाई थप उपचारका लागि काठमाडौंकाे मेडिसीटी अस्पतालमा ल्याएको हाे । स्वस्थ्यमा समस्या बढेपछि उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
त्यहाँ उपचारका हुन नसकेपछि थप उपचारका लागि चिकित्सकको सल्लाहअनुसार आज बिहान हवाई जहाजबाट काठमाडौं ल्याइएको उनको सचिवालयका जनाएको छ । उनी फोक्सो र घाँटीको समस्याबाट पीडित छन् ।